नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा चलाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम लाई कम्पनी मोडलमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न आवश्यक संरचना र मोडल तयार पारिने बताएका हुन् ।

उनले निगमको व्यवस्थापन सुधार, सेवा विस्तार तथा वित्तीय अवस्था सुदृढ बनाउन कम्पनी मोडलमा रूपान्तरण आवश्यक रहेको उल्लेख गरे ।

यसअघि पनि सरकारले नेपाल वायुसेवा निगमलाई निजीकरण वा कम्पनी मोडलमा सञ्चालन गर्ने घोषणा गर्दै आएको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

सरकारले यसपटक संस्थागत सुधारमार्फत राष्ट्रिय ध्वजाबाहकलाई प्रतिस्पर्धी, व्यावसायिक तथा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।