काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा शिक्षकको सेवा सुविधा सम्मानजनक रूपमा वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले राष्ट्रसेवक कर्मचारी तथा शिक्षण पेशामा आबद्ध जनशक्तिको मनोबल उच्च बनाउन सेवा सुविधा वृद्धि गरिएको जानकारी दिए ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा कर्मचारीको कार्यसम्पादनमा थप उत्साह ल्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Comment