काठमाडौं । सरकारले आगामी पुसभित्रै नेपाल टेलिकम को आईपीओ जारी गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हाल ९१ प्रतिशत सरकारी लगानी रहेको नेपाल टेलिकममा अब सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने जानकारी दिए ।
उनका अनुसार बाँकी स्वामित्व सर्वसाधारणलाई आईपीओमार्फत उपलब्ध गराइनेछ ।
सरकारले सार्वजनिक संस्थानमा जनसहभागिता बढाउने, पूँजी बजार विस्तार गर्ने तथा संस्थागत सुधारलाई गति दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Comment