काठमाडौं । सरकारले साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न ‘फर्स्ट लस रिकभरी’ हुने गरी कर्जा सुरक्षण व्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
उनले साना तथा मझौला उद्योगीलाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले सरकारले कर्जा सुरक्षण कार्यक्रम अगाडि बढाउने बताए ।
अर्थमन्त्री वाग्लेका अनुसार उक्त व्यवस्थाले उद्यमशीलता प्रवर्द्धन, उत्पादन वृद्धि तथा साना व्यवसायको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Comment