काठमाडौं । सरकारले वर्षौंदेखि करदाता र प्रशासनका लागि टाउको दुखाइ बनेको ‘झन्झटिलो’ कर संरचनालाई ठूलो हेरफेर गरेको छ ।
इन्धन तथा सवारीसाधनमा लाग्दै आएका ४ प्रकारका कर खारेज गरेर सरकारले हरित करमा समायोजन गरेको हो ।
हाल इन्धन तथा सवारी साधनमा पूर्वाधार विकास कर, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर, प्रदुषण नियन्त्रण शुल्क र हरित कर लाग्दै आएको छ । यीमध्ये अघिल्ला ४ कर खारेज गरेर हरित करमा समायोजन गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Comment