काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अहिले वृहत् आर्थिक सुधारको मोडमा उभिएको बताएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको दाबी गर्दै अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको बताए ।
उनका अनुसार सरकार आर्थिक स्थायित्व, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित भएर अघि बढिरहेको छ ।

Comment