१२.३६ अंकले घटेको नेप्सेमा पौने चार अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले घटेको छ। आजको दिनमा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १२.३६ अंकले घटेको छ। हिजो (बुधबार) भने ३०.०८ अंकले बढेको थियो। मंगलबार नेप्से ६.५१ अंकले घटेको थियो भने सोमबार पनि नेप्से १.०३ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४४ प्रतिशतले घटेको नेप्से २७४२.११ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४६९.४८ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३३ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.४६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३५ प्रतिशतले घटेको छ।

सेयरबजारमा बिहीबार ३४८ कम्पनीको ४४ हजार ७४४ पटकको कारोबारमा ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको कारोबार भयो।

बुधबार तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ७२ कम्पनीका सेयरमूल्य मात्र बढे। १८८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा नौ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा म्युचुअल फन्ड समूहको सूचक बढ्यो भने व्यापार समूहको सूचक स्थिर रह्यो। बाँकी ११ समूहका सूचक राताम्मे बने।

जसअनुसार बिहीबार वाणिज्य बैंक ०.५७‚ विकास बैंक ०.३१‚ फाइनान्स ०.२१‚ होटेल तथा पर्यटन ०.८६‚ जलविद्युत् ०.६८‚ लगानी ०.३३‚ जीवन बिमा ०.१०‚ उत्पादन तथा प्रशोधन ०.३६‚ र लघुवित्त समूहको सूचक ०.५० प्रतिशतले घट्यो। म्युचुअल फन्ड ०.१४ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा समूह ०.४२ र अन्य समूहको सूचक ०.३१ प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने स्थिर रह्यो।

नेप्सेमा बुधबार प्रभु बैंकको डिबेन्चरका लगानीकर्ताले ६.६२ प्रतिशतले आम्दानी गरे। यसैगरी अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १४.९५ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज आँखुखोलाको १७ करोड ७२ लाख ५७ हजार ५६८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी बैंक लिमिटेड अगाडि रह्यो। बिहीबार यसको पाँच लाख १६ हजार १२९ युनिट सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ११६ रुपैयाँ कायम रह्यो। https://nepalnews.com/2026/05/21/nepses-turnover-drops-by-12-36-points-to-rs-4-25-billion/

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।