काठमाडौंका ७ स्थानमा कुमारी बैंकका शाखा समायोजन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कुमारी बैंकले काठमाडौँ जिल्लाभित्र सञ्चालित आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूसँग समायोजन (एकीकरण) गर्ने भएको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ २ गतेदेखि लागू हुने गरी यी शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

बैंकको निर्णय अनुसार, कुलेश्वर शाखालाई कालीमाटीमा, रामहिटी शाखालाई बौद्धमा र रातोपुल शाखालाई मैतीदेवी शाखामा समायोजन गरिनेछ ।

त्यसैगरी, कोटेश्वर शाखा तिनकुनेमा, पानीपोखरी शाखा महाराजगञ्जमा, ठँहिटी शाखा ठमेलमा र सामाखुसी शाखा गोंगबु शाखामा गाभिने भएका छन् । समायोजन हुन लागेका यी शाखाहरू बीचको दूरी ३०० मिटरदेखि अधिकतम २ किलोमिटरको दायराभित्र रहेका छन् ।

महानगरपालिका भित्र नजिकै रहेका शाखाहरूलाई एक आपसमा गाभेर सेवालाई थप प्रभावकारी बनाउन बैंकले यो कदम चालेको हो ।

शाखा समायोजन भएपछि सम्बन्धित शाखाका ग्राहकहरूले अब समायोजन भई कायम रहेका (कालीमाटी, बौद्ध, मैतीदेवी, तिनकुने, महाराजगञ्ज, ठमेल र गोंगबु) शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।