काठमाडौं । माछापुच्छ्रे बैंकका ८ वटा शाखा कार्यालयहरू बन्द हुने भएका छन् । विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरी बन्द गरिने जानकारी बैंकले दिएको छ।
माछापुच्छ्रे बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरूलाई आगामी २०८३ साउन १८ गतेदेखि एकआपसमा समायोजन गरी कारोबार सञ्चालन हुने जनाएको हो ।
बैंकले सेवा प्रभावकारी बनाउन तथा शाखा व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको जनाएको हो ।
कुन शाखा कहाँ ?
अब चितवनको हाकिमचोक शाखा नारायणगढ शाखामा समायोजन हुनेछ । काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा, काठमाडौंको खुसीबु शाखा डल्लु शाखामा, काठमाडौंको कलंकी शाखा स्वयम्भू शाखामा, काठमाडौंको कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा र काठमाडौंको ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन हुने भएको छ।
त्यस्तै कास्कीको लामाचौर शाखा बगर शाखामा समायोजन हुने भएको छ भने पर्साको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने भएको छ।
अब समायोजन हुने सम्बन्धित शाखाका ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यस सम्बन्धी थप जानकारीका लागि २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Comment