काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।
यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म रहनेछ।
कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।

Comment