टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न अनुमति प्राप्त गरेको जनाएको छ ।

जसमध्ये १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको थियो । त्यसैगरी १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले मेरो सेयरमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।