बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैनः अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई समेट्ने बताएका छन् । शनिबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अर्थमन्त्री डा. वाग्लेले सरकारले रास्वपाको बाचापत्र अनुसार समावेशी बजेट ल्याउने बताएका हुन् ।

‘बैशाखको अन्तिममा बजेटका सिद्धान्त तथा प्राथमिकता आउँछ, जेठ १५ गते सरकारले बजेट ल्याउँछ’ उनले भने, ‘हामीले चुनावमा हाम्रो (रास्वपाको) बाचापत्रमा जे–जे लेखेका थियौँ, त्यसैअनुसार बजेट आउँछ । बाचापत्रलाई न्याय गर्नेगरी बजेट ल्याउने प्रयास गरिरहेका छौँ ।’

उनले वर्तमान सरकारले जेठ १५ गते सार्वजनिक गर्ने बजेटले कसैलाई काखा कसैलाई पाखा नगर्ने पनि प्रतिवद्धता जनाएका छन् । ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरा छैन, समावेशी बजेट आउँछ’ अर्थमन्त्री डा. वग्लेले थपे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।