सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको आईपीओ आजदेखि खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आज सोमबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को पहिलो चरण शुरू गरेको छ। यस चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको छ।

कम्पनीको जारीपूँजी ३४ करोड रुपैयाँ रहेको छ, जसमध्ये २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सार्वजनिक हुने छ। सोमध्ये वैदेशिक रोजगारी समूहका लागि १० प्रतिशत शेयर छुट्याइएको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

लगानीकर्ताले मेरो शेयर मार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ, र आवश्यक परेमा जेठ ४ गतेसम्म समय थपिन सक्नेछ।

निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले सम्हालेको छ। कम्पनीका अनुसार पहिलो चरण सम्पन्न भएपश्चात् सर्वसाधारण लगानीकर्ताका लागि पनि आईपीओ जारी गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।