काठमाडौँ। नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयले भने अध्यादेश अध्ययनका क्रममा रहेका बताएको छ।
लगत्तै प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन्।

Comment