अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्रता दिएका छन्। बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले आउँदो शनिबार र आइतबारदेखि काठमाडौं उपत्यकाबाटै अभियान सुरु गर्न निर्देशन दिएका हुन्।

हालै गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शाहले सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्ती हटाउने निर्णय कार्यान्वयनमा लैजान सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्। बैठकमा अभियानलाई काठमाडौंबाट सुरु गरी क्रमशः देशका अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार अभियानका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन तथा सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा पनि सुरक्षा निकायसँग विस्तृत छलफल गरिएको छ। स्थानीय तहसँग सहकार्य गर्दै अभियान अगाडि बढाउन निर्देशन दिइएको छ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि शाहले यस्ता बस्ती हटाउने प्रयास गरेका थिए। तर स्थानीय बासिन्दाको विरोध र तत्कालीन सरकारको असहयोगका कारण त्यो प्रयास सफल हुन सकेको थिएन। अहिले संघीय सरकारको नेतृत्वमा पुगेपछि उनले उक्त मुद्दालाई पुनः प्राथमिकतामा राखेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।