तीन कम्पनीले सेबोनबाट पाए आईपीओ निष्कासन गर्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न आनुमति दिएको छ ।

बोर्डले आज एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

एभरेष्ट कलरले प्रतिकित्ता १०० का दरले ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल एस क्यापिटल छ ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।