काठमाडौँ। चन्द्रागिरि इन्भेस्टमेन्ट ग्रुप लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीको आज (आइतबार) सम्पन्न पहिलो साधारणसभाले ‘आईपीओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी ५० करोड रपैयाँ छ।
साधारणसभाले चुक्तापुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। यस्तै ६ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।
निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ छन्। साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ।
होल्डिङ कम्पनीका रूपमा रहेको संस्थाले इन्द्रेणी मसरुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेस्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए।

Comment