संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन [पूर्णपाठ]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।

नयाँ प्रतिनिधिसभा गठनपश्चात् २७ चैतमा सिंहदरबास्थित संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका हुन्।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधनकोप्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरे। सदनको उच्चासनमा राष्ट्रपति पौडेलसँगै सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्। बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति छन्।

त्यसअघि राष्ट्रपति पौडेललाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालले स्वागत गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनको पूर्णपाठ पढ्नोस्–

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।