चालु आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकको अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकमा चालु आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरिएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३.८ प्रतिशत वृद्धि रहेकोमा यस वर्ष सामान्य सुधार देखिएको हो । त्रैमासिक तुलना र मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को तुलनामा दोस्रो त्रैमास (कात्तिक–पुस) मा २.०४ प्रतिशत बढी आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।

यो अवधिमा कुल १८ औद्योगिक क्षेत्रमध्ये १६ वटामा धनात्मक वृद्धि देखिएको छ भने दुई क्षेत्रमा सामान्य संकुचन आएको छ । विशेषगरी विद्युत उत्पादनमा भएको बढोत्तरी, पर्यटक आगमनमा सुधार र वित्तीय क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्‍याउन मुख्य भूमिका खेलेका छन् । यो त्रैमासिक अवधिमा सबैभन्दा उच्च प्रगति विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवा क्षेत्रमा देखिएको छ, जसको वृद्धिदर २२.७४ प्रतिशत पुगेको छ ।

जलविद्युत उत्पादन र वितरणमा भएको सुधारले यस क्षेत्रलाई बलियो बनाएको हो । त्यसैगरी, वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत र आवास तथा भोजन सेवा (पर्यटन) मा ५.१८ प्रतिशतको वृद्धि देखिएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २.२१ प्रतिशत रहने अनुमान छ । यस अवधिमा धान बालीको उत्पादनमा केही कमी आए पनि पशुपन्छी पालन, तरकारी उत्पादन र वन पैदावारको सामान्य वृद्धिले समग्र कृषि क्षेत्रलाई ऋणात्मक हुनबाट जोगाएको छ । त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ४.११ प्रतिशत भएको अनुमान गरिएको छ ।

व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारण यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ । अर्कोतर्फ पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापनमा, सार्वजनिक प्रशासन तथा रक्षा, अनिवार्य सामाजिक सुरक्षा, शिक्षाजस्ता क्रियाकलापमा न्यून वृद्धि भएको अनुमान छ ।

यस्तै, अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्र ४.११ प्रतिशतले वृद्धि हुने देखिएको छ । व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा सुधार र आयातमा भएको बढोत्तरीले यो क्षेत्र चलायमान भएको हो । निर्माण सामग्रीको आयातमा देखिएको गिरावटले भने केही हदसम्म आर्थिक गतिविधिमा संकुचन ल्याएको छ ।

केही क्षेत्रहरूमा भने न्यून वृद्धि देखिएको छ । खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, साधारण प्रशासन तथा रक्षामा १.११ प्रतिशत र शिक्षा क्षेत्रमा १.१६ प्रतिशतमात्रै वृद्धि हुने देखिएको छ । सबैभन्दा बढी सुधार विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवामा देखिएको छ, जसको वृद्धिदर २२.७४ प्रतिशत पुगेको छ ।

जलविद्युत आयोजनाहरूको उत्पादन क्षमतामा भएको वृद्धि र विद्युत वितरण प्रणालीमा आएको सुधारले यस क्षेत्रमा उच्च वृद्धि सम्भव भएको हो । त्यसैगरी, वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशतको उच्च वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन र ऋण प्रवाहमा भएको बढोत्तरीका साथै जीवन बीमा प्रिमियम संकलनमा देखिएको सुधारले यो क्षेत्र बलियो बनेको हो ।

यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत, आवास तथा भोजन सेवा (पर्यटन) मा ५.१८ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, निर्माण क्षेत्रको वृद्धिदर भने २.९ प्रतिशतमा सीमित देखिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको गिरावटले यस क्षेत्रको वृद्धिदरलाई केही हदसम्म संकुचित पारेको कार्यालयको विश्लेषण छ । यसैगरी, खानी तथा उत्खनन् क्षेत्र ३.१ प्रतिशत र उद्योग क्षेत्र २.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।