केपी ओली र रमेश लेखकलाई म्याद नथप्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी दायर गरिएको रिट खारेज गर्दै उनीहरूको म्याद थप्न नपाइने स्पष्ट निर्देश दिएको हो।

सर्वोच्चले जारी गरेको परमादेशमा काठमाडौं जिल्ला अदालतले चैत २१ गतेदेखि तेस्रो पटक थपिएको ५ दिनको म्यादभित्रै आवश्यक अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न प्रशासनलाई निर्देशित छ। सो अवधिभित्र अनुसन्धान सम्पन्न नभएमा ओली र लेखकलाई कानुनी प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गर्न सर्वोच्चले आदेश दिएको छ।

अदालतले उल्लेख गरेको छ, “तेस्रो पटक थपिएको म्याद समाप्त भएपछि यी रिट निवेदकहरूलाई हिरासतमा राखिरहन कानुनी आधार नबनेमा आवश्यक प्रक्रिया पूरा गरी रिहा गर्नुपर्नेछ।”

यसअघि हिजो मात्रै काठमाडौं जिल्ला अदालतले दुवै जनाको म्याद पाँच दिनका लागि थप गरेको थियो। यही आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो। सोमबार बहस सकिएपछि सर्वोच्चले उनीहरूलाई रिहा गर्न आदेश दिएपछि अब पाँच दिनभित्र मुद्दा बुझाउनुपर्ने बाध्यता प्रहरी प्रशासनमाथि आएको छ। अन्यथा उनीहरू साधारण तारेख वा धरौटीमा छुट्नुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।