अब सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब सरकारी कार्यालयहरू ९ बजेबाट अपराह्न ५ बजेसम्म सञ्चालन हुने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र विद्यालयहरू बन्द गर्ने निर्णय गर्दै सरकारी कार्यालयको समय पनि परिवर्तन गरेको हो । यसअघि कात्तिकदेखि माघसम्म १० देखि ४ र अन्य समय १० बजेदेखि ५ बजेसम्म सरकारी कार्यालय खुल्ने गरेको थियो ।

‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने,’ निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।