सर्वसाधारणका लागि खुल्यो कालिन्चोक हाइड्रोपावरको आईपीओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन आज (चैत २२ गते) देखि खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री सुरू गरेको हो।

कम्पनीको कुल ५५ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त थियो। यीमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण भइसकेको छ। बाँकीमध्ये सामूहिक लगानी कोष र कर्मचारीको हिस्सा सुरक्षित गरी अब सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर उपलब्ध गराइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। प्रतिशेयर अंकित मूल्य रु. १०० कायम गरिएको यो आईपीओमा ‘मेरो शेयर’ एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ।

आईपीओ छिटोमा चैत २५ गतेसम्म खुला रहनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि वैशाख ६ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

ऊर्जाक्षेत्रमा आकर्षक सम्भावना खोजिरहेका लगानीकर्ताका लागि कालिन्चोक हाइड्रोपावरको यो आईपीओ महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।