एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा (बादल) निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक नीरज आचार्यका अनुसार बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा थापा संसदीय दलको नेता चयन भएका हुन्।

सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दावी गरेपछि चयनको लागि निर्वाचन गर्ने निर्णय भएको थियो। तर नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै थापा चयन भएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।