काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओ रहेका रिजालमाथि कर्मचारीहरूको सरुवा–बदर प्रक्रियामा अनियमितता गरी पेशागत आचरणविपरीत काम गरेको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको विवरणअनुसार, तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुख रहेका रिजालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।





Comment