नेप्से घट्नेक्रम जारी, सूचक ४७.७१ अंकले घट्दा अधिकांश सूचक राताम्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पुनः गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा कायम भएको हो।
यसअघि आइतबार पनि नेप्से ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा झरेको थियो। लगातार दोस्रो दिनको गिरावटले बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।

सोमबार बजारसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन आइतबार १४ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कारोबारमा आएका कम्पनीमध्ये २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश कम्पनीको सेयर मूल्य घट्दा बजार समग्रमा दबाबमा देखिएको हो।

यद्यपि, केही कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
सोमबार कारोबार भएका सबै १३ उपसमूहका सूचकहरू घटेका छन्, जसले बजारमा व्यापक गिरावट आएको संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।