काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमार्फत पत्र पठाएको थियो। सो पत्रको आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
हाल खड्कालाइ नियन्त्रणमा राखिएको छ र अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

Comment