काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया व्यक्त गरेका छन्। शनिबार बिहान दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले फेसबुकमार्फत “आयो गोर्खाली” भन्दै छोटो टिप्पणी गरेका छन्।
प्रहरीले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै दुवै नेतामाथि फौजदारी अनुसन्धान प्रक्रिया अघि बढाएपछि मन्त्री गुरुङको प्रतिक्रिया सार्वजनिक भएको हो।
उनले अर्को पोस्टमार्फत आफूहरूको कदम प्रतिशोध नभई कानुनी प्रक्रियाको सुरुवात भएको दाबी गर्दै लेखेका छन्,
“कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”

Comment