यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता चयन भएका सस्मित पोखरेलले पहिलो निर्णय स्वरुप शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय भएको जानकारी दिए ।

दोस्रो निर्णय सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने निर्णय भएको उनले बताए । त्यस्तै सरकारले शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय भएको छ ।

चौथो निर्णयस्वरुप सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।