काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १४.२१ अंकले बढेर २९५०.१६ बिन्दुमा पुगेको छ। सूचक वृद्धि भए पनि कारोबार रकम भने खुम्चिएको छ। आज ३४३ कम्पनीका ३ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ।
हिजोको तुलनामा आज कारोबार रकम झन्डै २ अर्बले घटेको छ। बुधबार १५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज विकास बैंक, जीवन बीमा र व्यापार समूहका उपसूचक घटे भने अन्य सबै समूह हरियालीमा बन्द भए। हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूह क्रमशः १.५६ र १.५० प्रतिशतले बढ्दै अगाडि रहे।

Comment