सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम १५ अर्ब ९ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

.काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा कायम भएको छ ।

यसअघिको पाँच कारोबार दिन भने नेप्से लगातार बढेको थियो । अघिल्लो कारोबार दिन मंगलबार मात्रै पनि नेप्से २३.८३ अंकले बढेर २९६० बिन्दु कायम भएको थियो ।

आज नेप्सेमा कुल १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १४ अर्ब ३१ करोड माथिको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एक कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।