महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरेको उम्मेदवारी, अञ्जन प्यानलबाट प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनलाई लक्षित गर्दै वस्तुगत संघतर्फ उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। उनले सोमबार आयोजित विशेष कार्यक्रममा आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै महासङ्घलाई ‘सदस्य–केन्द्रित साझा शक्ति केन्द्र’ का रूपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे।

घिमिरेले महासङ्घ केही व्यक्तिको पहुँचमा सीमित हुँदै आएको आरोप लगाउँदै आगामी कार्यकालमा विधानले व्यवस्था गरेका सबै परिषद्, समिति र फोरमहरूलाई सक्रिय बनाउने योजना प्रस्तुत गरे। उनले सदस्य संघ–संस्थाहरूको बलियो जगमा आधारित नीति तथा बजेट संरचना तयार गर्ने उल्लेख गरे।

उनले सार्वजनिक गरेको मार्गचित्रमा ‘जेन–जि’ युवाहरू, स्टार्टअप, साना तथा मझौला उद्योग, कृषि–उद्योग एकीकरण, निर्यात प्रवर्द्धन, पर्यटन र नवीकरणीय ऊर्जालाई विशेष प्राथमिकता दिइएको बताइएको छ। रोजगारी सिर्जनाको स्पष्ट खाका—“कसले, कहिले र कसरी”— आफूसँग रहेको उनको दाबी छ।

घिमिरेले निजी क्षेत्रको सम्मान र सुरक्षामा आँच आउँदा महासङ्घ मौन बस्न नहुने उल्लेख गर्दै सरकार र नियामक निकायसँग बराबरीको हैसियतमा संवाद र आवश्यक परे संघर्ष गर्न सक्ने सक्षम नेतृत्व आवश्यक भएको औँल्याए। साथै, चुनावी घोषणापत्रलाई कागजमै सीमित नराखी वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शिता कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अञ्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत संघतर्फ उपाध्यक्षमा घिमिरेसँगै एसोसिएटतर्फ प्रवल जंग पाण्डे र जिल्ला–नगर तर्फ दिलसुन्दर श्रेष्ठ तथा कृष्णप्रसाद शर्मा उपाध्यक्ष पदका उम्मेदवार रहेका छन्।

यसै पदका लागि कृष्णप्रसाद अवाले र विश्वनाथ खनाल पनि प्रतिस्पर्धामा उत्रिएका छन्। सोही समूहबाट कार्यकारिणी सदस्यका १४ जना उम्मेदवार पनि मैदानमा छन्।

महासङ्घको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानलबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ भने व्यवसायिक वृत्तमा चुनावी सरगर्मी चर्किएको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभा चैत २९ र ३० गते काठमाडौंमा हुने कार्यक्रम तय गरिएको छ।

शिवप्रसाद घिमिरे समूहका उम्मेदवारहरूको नामावलीः
उपाध्यक्ष उम्मेदवार (वस्तुगत तर्फ):
शिवप्रसाद घिमिरे
वस्तुगत महासंघ तर्फका उम्मेदवारहरूः
कृष्णप्रसाद अवाले
विश्वनाथ खनाल
कार्यकारिणी सदस्य उम्मेदवारहरू (वस्तुगत संघ तर्फ):
१. अरनिको राजभण्डारी
२. होमप्रसाद घिमिरे
३. रविन पुरी
४. धर्मराज सापकोटा
५. राजकुमार कार्की
६. संघर्ष विष्ट
७. नानिराज घिमिरे
८. राजेश भक्त श्रेष्ठ
९. वसन्तचन्द्र मरहट्ठा
१०. धनप्रसाद लामिछाने
११. रघुनन्दन मारु
१२. एबबहादुर थापामगर
१३. सुनिता नेम्हाफुकी
१४. ध्रुवबहादुर गौतम

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।