आठ महिनामा २८ अर्बको धान चामल आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले २८ अर्बको धान -चामल आयत गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा नेपालले २७ अर्ब ९० करोड ४८ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार आयात दर निरन्तर उकालो लागेको देखिन्छ।

यस अवधिमा १४ अर्ब १४ करोड रुपैयाँ बराबरको ३८ करोड ४८ लाख केजीभन्दा बढी धान भित्रिएको छ भने ७ अर्ब ९१ करोड ५१ लाख रुपैयाँको १२ करोड ३९ लाख केजी चामल आयात भएको छ। साथै, ५ अर्ब ८४ करोड ३८ लाख रुपैयाँको ५ करोड १९ लाख केजीभन्दा बढी बासमती चामल आयात भएको छ।

गत महिनासम्म २५ अर्ब १२ करोड रुपैयाँको आयात भइसकेकोमा फागुन महिनामात्रै साढे २ अर्ब रुपैयाँभन्दा बढीको थप आयात भएको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।