काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। सोही अवसरमा निर्वाचनको आधिकारिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो ।
प्रतिवेदन पेश कार्यक्रममा आयोगका आयुक्तहरू डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, साथै आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न भएको छ।

Comment