भारतीय प्रधानमन्त्री मोदीले गरे रवि लामिछाने र बालेन शाहलाई फोन : नयाँ सरकारसँग मिलेर काम गर्नेछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् । नेपालमा हालै सम्पन्न निर्वाचनको अन्तिम नतिजा आउँदै गर्दा र नयाँ सरकार गठनको जोडघटाउ भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले रास्वपाका शीर्ष दुई नेतालाई फोन गरेर शुभकामना दिएका हुन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो टेलिफोन संवादबारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग मेरो न्यानो टेलिफोन कुराकानी भयो । चुनावी विजय र नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको सानदार सफलताका लागि दुवै नेतालाई बधाई दिएँ ।’

प्रधानमन्त्री मोदीले नेपालमा बन्न लागेको नयाँ सरकारलाई अग्रिम शुभकामना दिँदै भारतको तर्फबाट पूर्ण सहयोग र सहकार्यको प्रतिबद्धतासमेत जनाएका छन् । उनले दुई देशको आपसी समृद्धि, प्रगति र जनहितका लागि नयाँ सरकारसँग मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरे । मोदीले थप भनेका छन्, ‘हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ हासिल गर्नेमा म विश्वस्त छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।