कार्की आयोगले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन आज सरकारलाई बुझाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन सम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । आयोगको कार्यावधि पनि आइतबार नै सकिनेछ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले असोज ५ गते उक्त घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो ।

सरकारले आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ । आगामी मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा निर्णय गर्न सक्ने र त्यसको कार्यान्वयन नयाँ बन्ने सरकारले गर्न सक्ने सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।