जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा निर्वाचित, नेकपाका शक्ति बस्नेत पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता शक्तिबहादुर बस्नेतलाई २ हजार ७ सय ३५ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार बुढाले २० हजार १ सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४ सय ७ मत पाए ।

यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंह १६ हजार ८ सय ८३ मतका साथ तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघव कार्कीले २ हजार ४ सय ७१ मत प्राप्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।