काँग्रेसको नुवाकोट चुनावी सभा फागुन १७ गते तय, गगन र बहादुरसिंहसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा आगामी फागुन १७ गते नुवाकोटको बट्टार घण्टाघरमा आयोजना हुने बृहत् चुनावी सभामा सहभागी हुने भएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ द्वारा आयोजित उक्त सभामा सभापति थापासहित सहमहामन्त्री बहादुरसिंह लामा, कांग्रेस नेता अर्जुननरसिंह केसी, प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार जगदीश्वर नरसिंह केसी तथा क्षेत्र नं. १ का उम्मेदवार डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, पार्टीका आधा दर्जन केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहने जनाइएको छ।

यसअघि पार्टीले बेलकोटगढी, फाँटापौवा, किस्पाङ, म्यागङ र तारकेश्वरमा चुनावी सभा सम्पन्न गरिसकेको छ। फागुन १४ गते बेलकोटगढी महादेवफाँटमा अर्को सभा आयोजना गरिने कार्यक्रम छ। फागुन २१ गते हुने निर्वाचनका लागि फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

नेपाली कांग्रेसले बट्टारमा हुने सभालाई ऐतिहासिक र निर्णायक बनाउने तयारी गरेको जनाएको छ। स्थानीय कार्यकर्ता तथा समर्थकहरूलाई ठूलो संख्यामा उपस्थित भई सभालाई सफल बनाउन आह्वान गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।