काठमाडौं। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (मंगलबार) सर्वसाधारणका लागि आफ्नो आईपीओ (शेयर निष्काशन तथा बिक्री) खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री सुरु गरेको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट भइसकेको छ।
अबको चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित राख्दै बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। आईपीओको अंकित मूल्य १०० रुपैयाँ रहेको छ र लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीले आवेदन दिने म्याद प्रारम्भिक रूपमा फागुन ११ गतेसम्म तोकेको छ। यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा, आवेदन दिने अन्तिम म्याद ढिलोमा फागुन २० गतेसम्म रहनेछ।

Comment