काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गर्नेहरू देशद्रोही भएको आरोप लगाएका छन्।
झापाको दमक नगरपालिका-२ स्थित हिमालय उच्च मावीमा आयोजना नेपनल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उक्त धारणा राखेका थिए। गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेनजीले पुस्ताले नगरेको उनको दाबी छ।
उनले भने, ‘नेपाल शिक्षक संगठन भनेजस्तै जेएनजी एउटा उमेर समूह हो। यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसपेट गरेर अपराधी मुलुक जलाएका हुन्।’ शिक्षक विद्यार्थीले देश नजलाएको उनले प्रष्ट पारे।
शिक्षकहरूको मागका विषयमा अध्यक्ष ओलीले भने, ‘म प्रधनमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाएइको थियो। मैले बार्तामा आउन पटक पटक शिक्षक संगठनका प्रतिनिधिहरूलाई आवह्रान पनि गरेको थिए। उहाँहरू आउनुभएन र सरकार र प्रधानमन्त्रीको बिरोधमात्र उत्रनु थाल्नुभयो।’

Comment