काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी राजनीतिक कार्यदिशाका लागि जनतासँग ‘नागरिक करार’ सार्वजनिक गरेका छन्।
आइतबार महाशिवरात्रिको अवसरमा शुभकामना आदानप्रदान गर्दै लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त करार पत्र सार्वजनिक गरेका हुन्।
विगतमा राजनीतिक दलहरूले गरेका बाचा पूरा नहुँदा त्यसको प्रत्यक्ष असर जनताले भोग्नुपरेको उल्लेख गर्दै लामिछानेले यसपटक आफूहरूले केवल बाचा मात्र नभई प्रतिज्ञाको करार गर्न लागेको बताएका छन्।
उनले लेखेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्यो निरन्तर। हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं।’
करार अनुसार यदि रास्वपाले एकल बहुमत पाएको अवस्थामा ५ वर्षभित्र यी बुँदाहरू कार्यान्वयन गर्न नसकेमा पार्टीका प्रतिनिधिहरूले राजनीतिक नैतिकता र पदबाट राजीनामा दिने र अर्को पटक निर्वाचनमा सजाय भोग्न तयार रहेको उल्लेख गरिएको छ।
करार पत्रमा भनिएको छ, ‘काबु बाहिरको परिस्थिति बाहेक हामी पुरा गर्न नसकिने बाचा बाँध्दैनौँ, बरु तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौं।’
सभापति लामिछानेले यस कार्यक्रमको विस्तृत खाका आगामी फागुन ७ गते कर्णालीबाट सार्वजनिक गर्ने जानकारी समेत दिएका छन्।
रस्वपाले यसलाई ऋणी (पार्टी) र साहु (जनता) बीचको एक कानुनी र नैतिक दस्तावेजको रूपमा व्याख्या गरेको छ।
हेर्नुहोस् करार पत्र:


Comment