आजको राशिफल
काठमाडौं । २०८२ माघ २७ गते (१० फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण कृष्णपक्ष अष्टमी तिथि, ७ः४५ बजेपछि नवमी। विशाखा नक्षत्र, ८ः३० बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक।
मेषः
विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । आँटेताकेको काम रोकिने भयले सताउनेछ ।
वृषः
दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।
मिथुनः
प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषि क्षेत्रमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । मनमा भएको बोझ हट्दा तनमन हल्का भएको अनुभूति हुनेछ ।
कर्कटः
बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।
सिंहः
संगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने योग छ । नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।
कन्याः
जोश जाँगरका बावजुद काम बन्नेछन् । केही छोटो यात्रा तय हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सामाजिक कामको दायित्त्व बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
तुलाः
सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ ।
बृश्चिकः
महत्वपूर्ण काम हात लाग्ने समय छ । मान सम्मान मिल्नेछ । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
धनुः
समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । जेजसरी सजिलो हुन्छ, उसरी नै आफूलाई प्रस्तुत गरिने समय रहेको छ ।
मकरः
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । विपरीत लिङ्गिको साथ सहयोग मिल्नेछ । ब्यापार, ब्यावसायबाट प्रसस्त धन–सम्पत्ती प्राप्त हुनेछन् ।
कुम्भः
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । विद्यार्थी वर्गहरूको नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।
मीनः
केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्नेछ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ । आफूलाई विभिन्न कामकुराले व्यस्त गराउनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment