करिब ३४% बढ्यो शेयर धितो कर्जा, बैंकहरुबाट डेढ खर्ब बढी प्रवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा ३३.९५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म बैंकहरुबाट १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कर्जा गएको थियो।

चालु आर्थिक वर्षको पुससम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष पुससम्म यो रेन्जको कर्जा ७५ अर्ब ४४ करोड २४ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४०.६६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ७ करोड ९१ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९ अर्ब ३८ करोड २० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ गएको छ।

अघिल्लो वर्ष पुससम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ गएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।