काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताएका थिए ।
उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताएकी थिइन् । उनले महासंघ र परिसंघले विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएकी थिइन् । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा. घनश्याम ओझा लगायतको उपस्थिति थियो ।

Comment