पुरानाहरूबीच चुनावी तालमेलको कसरत, विपक्षमा युवा नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच संवाद तीव्र बनेको छ। सार्वजनिक रूपमा एक्लै चुनाव लड्ने भनिए पनि पछिल्लो समय चुनावी तालमेलको सम्भावनाबारे अनौपचारिक छलफल भइरहेको स्रोतहरू बताउँछन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको बताइन्छ। छलफलमा एमालेबाट आएको चुनावी तालमेल प्रस्ताव मुख्य विषय बनेको थियो।

एमालेले केही सिटमा भए पनि तालमेलको प्रस्ताव गरे पनि नेकपा भने हालसम्म एक्लै लड्ने पक्षमै रहेको जनाएको छ। कांग्रेसभित्र पनि अन्तिम समयमा निर्णय परिवर्तन हुन सक्ने संकेत देखिएका छन्।

यता, जसपा नेपाल पनि सम्भावित तालमेलका लागि खुला देखिए पनि औपचारिक निर्णय भने भइसकेको छैन।

शीर्ष तहमा संवाद चलिरहँदा पार्टीभित्रका युवा नेताहरूले भने कडा असहमति जनाएका छन्। नेकपाका युवा नेताहरूले संसद पुनर्स्थापनाको एजेन्डा बोकेको र जेन–जी आन्दोलन अस्वीकार गर्ने शक्तिसँग सहकार्य गर्नु गलत हुने तर्क गरेका छन्।

नेकपा संयोजक प्रचण्डले भने सहकार्य पूर्णतः असम्भव नभएको संकेत दिएका छन्। चुनाव नजिकिँदै जाँदा पुराना दलहरूबीचको संवादले नयाँ समीकरण बनाउने वा पार्टीभित्रै विवाद चर्काउने भन्ने विषय चासोको केन्द्र बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।