विदेशी मुद्रा संचिति १५ प्रतिशतले बढेर साढे २२ अर्ब डलर पुग्यो, १८ महिनाको आयात धान्न पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्रा संचिति १५ दशमल २ प्रतिशतले प्रतिशतले बढेर करिब साढे २२ अर्ब डलर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनासम्ममको तथ्यांक अनुसार डलर संचिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ ।

यस्तो वदेशी मुद्रा संचिति २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेकामा कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ ।

२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् ।

२०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०८१ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८२.६९ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०८२ पुस मसान्तमा १६.७ प्रतिशतले कमी आई अमेरिकी डलर ६८.८७ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०८१ पुस मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २६६९.५० रहेकोमा २०८२ पुस मसान्तमा ७२.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४६०६.५० पुगेको छ ।

२०८२ असार मसान्तको तुलनामा २०८२ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८ प्रतिशतले अवमूल्यन भएको थियो ।

२०८२ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.०१ रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।