भारतीय बजेट भाषण : नेपाललाई १३ अर्ब अनुदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। भारत सरकारले नेपाललाई आगामी आर्थिक वर्षमा ८ अर्ब भारतीय रुपैयाँ अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान दिने भएको छ।

भारतको आर्थिक वर्ष २०२६।०२७ का लागि आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‌मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने उल्लेख गरिएको हो।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई १३ अर्ब २८ करोड नेपाली रुपैयाँ उपलब्ध गराएको थियो।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २२ अर्ब ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ।

यसका साथै माल्दिभ्सलाई ५ अर्ब ५० करोड‚ म्यान्मालाई ३ अर्ब‚ श्रीलंकालाई ४ अर्ब‚ अफगानिस्तानलाई डेढ अर्ब‚ बंगलादेशलाई ६० करोड भारु दिने भएको छ।

यसैगरी अफ्रिकी देशलाई २ अर्ब २५ करोड र मंगोलियालाई २५ करोड भारतीय रुपैयाँ दिने भएको छ।

पाकिस्तानबाहेक सबै दक्षिण एशियाली मुलुकलाई भारतले अनुदान दिने गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।