एनएमबि बैंकको खुद ब्याज आम्दानी बढ्यो, प्रतिशेयर आम्दानी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडको बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद व्याज आम्दानी ४ अर्ब २५ अर्ब ३२ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पननीको खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ। बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ। चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।