मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय धेरै सोचविचारपछि लिएको बताएका छन्।

सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या केवल क्षेत्रीय नभई समग्र देशकै सरोकारका विषय भएकाले आफू मधेशबाट उम्मेदवार बनेको स्पष्ट पारे।

उनका अनुसार सर्लाही जिल्ला पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यसपटक त्यसलाई अवसरका रूपमा लिइएको हो। मधेशका मुद्दा नजिकबाट बुझ्न र प्रभावकारी रूपमा उठाउन भित्री मधेशको जिल्ला रोजेको उनले बताए।

थापाले अब काठमाडौंमा मधेशका विषयमा फरक र गहिरो बहस सुरु हुने दाबी गर्दै भने, “अब मधेशको मुद्दा उठ्ने मात्र होइन, समाधानतर्फ अघि बढ्छ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।