कांग्रेस विशेष महाधिवेशन : ६.२४ प्रतिशत प्रतिनिधि वृद्धि, सहभागिता ७० प्रतिशत पुर्‍याउने दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने दाबी गरेको छ।

सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबारसम्म २ हजार ६ सय ६२ प्रतिनिधिले हस्ताक्षर गरिसकेको र सोमबार मात्र ६.२४ प्रतिशतले संख्या बढेको जानकारी दिए। उनका अनुसार हाल ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन्।

पत्रकार सम्मेलनमा पोखरेलले संस्थापन पक्ष विधानले नचिन्ने दाबी गर्दै पार्टीका नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे। “सहभागिता अझै बढ्दो क्रममा छ। ६६ प्रतिशतको चर्चा भए पनि हामी ७० प्रतिशत पुर्‍याएर देखाउँछौँ,” उनले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।