प्रहरीका १० एसपीको एसएसपीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा गरेको छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि क्रमशः बढुवा भएका छन् ।

यस्तै, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि दशौँ नम्बरमा एसएसपीमा बढुवा भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।